Tendoring Notice for Winterisation Support 2025-26

अनुसन्धान र विकासका निम्ति अभियान नेपाल, रौतहट (अभियान नेपाल) वि.सं. २०६५ मा विधिवत दर्ता भएको एक गैर-सरकारी तथा गैर-मुनाफा संस्था हो। गरिबीमुक्त, आर्थिक र सामाजिक रूपमा सशक्त, मौलिक अधिकार तथा मर्यादाप्रति सचेत समुदायको परिकल्पना गर्दै, यस संस्थाले मधेश प्रदेशका विपन्न, समस्यामा र जोखिममा परेका जनता, विशेषगरी सीमान्तकृत समुदाय, महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाको जीवनस्तर दिगो बनाउन सहयोग पुर्याउँदै आएको छ ।
परियोजना: Islamic Relief Worldwide को आर्थिक सहयोग तथा ईस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोगमा अभियान नेपालको सहजीकरणमा सञ्चालित “जाडोयाम सहयोग कार्यक्रम (Winterisation Support 2025-26)” परियोजना अन्तर्गत रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकाको वडा नं. २, ३, ४ र ५ मा कार्यक्रम सञ्चालन हुँदैछ ।
आह्वानको उद्देश्य: उक्त परियोजनाका लागि प्रस्ताव गरिएका ५३३ लक्षित घरधुरी लाभग्राहीहरूलाई न्यानो सामग्रीहरु खरिद गरि वितरण गर्नुपर्ने भएकोले, इजाजत प्राप्त इच्छुक आपूर्तिकर्ताहरू/फर्महरूबाट शिलबन्दी बोलपत्र (Sealed Bids) आह्वान गरिन्छ।
बोलपत्र सम्बन्धी जानकारी (Tender Information)
| विवरण | जानकारी |
| प्रयोजन | जाडोयाम सामग्री (Winterization Kits) खरिद तथा आपूर्ति। |
| लक्षित लाभग्राही संख्या | ५३३ परिवार |
| परियोजना स्थान | दुर्गाभगवती गाउँपालिका, वडा नं. २, ३, ४ र ५, रौतहट |
| बोलपत्र पेश गर्ने अन्तिम मिति | मिति २०८२/०९/०२ गते बेलुकी ५:०० बजेभित्र |
| बोलपत्र खोल्ने मिति र समय | प्राबिधिक प्रस्तावना- मिति २०८२/०९/०३ गते बिहान ११:०० बजे आर्थिक प्रस्तावना- मिति २०८२/०९/०७ गते बिहान ११:०० बजे |
बोलपत्र पेश गर्ने प्रक्रिया र शर्तहरुः
१. फारम प्राप्ति र आवश्यक कागजात: इच्छुक तथा योग्य कम्पनी, होलसेल पसल, आपूर्तिकर्ताहरूले संस्थाको कार्यालय (ठेगाना तल उल्लेखित) बाट निःशुल्क बोलपत्र फारम प्राप्त गर्न सक्नुहुनेछ । अथवा इच्छुक आपूर्तिकर्ताहरूले निम्न इमेल (documents.abhiyanepal@gmail.com) मार्फत पनि अनुरोध गरि बोलपत्र फारमको लागि अनुरोध गर्न सक्नुहुनेछ । तर सम्बन्धित सप्लायर्स वा आपूर्तिकर्ताहरूले भरिएको बोलपत्र फारम भौतिक रुपमै कार्यालयमा उपस्थित भई पेस गर्नु पर्ने हुन्छ ।
२. अनुशिक्षण (Pre-Bid Orientation): इच्छुक बोलपत्रदाताहरूको निम्ति निम्न उल्लेखित स्थान, मिति र समयमा अनुसिक्षण कार्यक्रम आयोजना गरिनेछ । मिति २०८२/०८/२६ गते बिहान ११:०० बजे संस्थाको कार्यालयमा प्री-बिड बैठक (Pre-Bid Meeting) वा अनुशिक्षण आयोजना गरिनेछ । बैठकमा भौतिक रुपमा सहभागी हुन आसमर्थ हुनेहरुको लागि Virtual सहभागिताको लागि पनि आवश्यक ब्यबस्था गरिनेछ ।
३. बोलपत्र पेश गर्ने विधि: क) बोलपत्र फारम रितपूर्वक भरी, प्रत्येक पानामा आपूर्तिकर्ताको आधिकारिक हस्ताक्षर र फर्मको छाप अनिवार्य रूपमा लगाइएको हुनुपर्नेछ । ख) आर्थिक र प्राबिधिक बोलपत्रलाई छुट्टाछुट्टै खाममा राखेर लाहा छाप (Wax Seal) सहित शिलबन्दी गरी खाम बाहिर आर्थिक प्रस्तावना वा प्राबिधिक प्रस्तावना के हो सो विवरण लेखि, दुवै खामलाई एउटा तेस्रो ठूलो खाममा लाहा छाप लगाई शिलबन्दी गरी बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर र फर्मको छाप स्पष्टसँग उल्लेख गरिएको हुनुपर्नेछ। ग) बोलपत्र हार्डकपी मार्फत मात्रै संस्थाको कार्यालयमा वा हुलाक मार्फत बुझाउनु पर्नेछ । विद्युतीय माध्यम (Online/Email) मार्फत प्राप्त भएका बोलपत्रहरू उपर कुनै कारवाही गरिने छैन ।
४. सार्वजनिक बिदा: बोलपत्र फारम प्राप्त गर्ने वा पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा, सोको लगत्तै कार्यालय खुलेको दिन सोही समयमा बुझाउन/प्राप्त गर्न सकिनेछ ।
५. बोलपत्र खोल्ने प्रक्रिया: बोलपत्रहरू तोकिएको मिति र समयमा आपूर्तिकर्ता वा निजको आधिकारिक प्रतिनिधिको भौतिक वा भर्चुअल उपस्थितिमा खोलिनेछ । तोकिएको मिति र समयमा बोलपत्रदाता अनुपस्थित भए तापनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
६. अधिकार सुरक्षित र अनुपालन: क) बोलपत्रहरूलाई प्राविधिक तथा आर्थिक मूल्यांकनको आधारमा स्वीकार वा अस्वीकार गर्ने वा कारण उल्लेख गरी वा नगरी यो सूचना नै रद्द गर्ने सम्पूर्ण अधिकार अभियान नेपालको खरिद समितिमा सुरक्षित रहनेछ । ख) रितपूर्वक नभरिएको, आवश्यक कागजात संलग्न नभएको वा म्याद गुज्रिएर प्राप्त भएको बोलपत्र स्वतः रद्द मानिनेछ । ग) बोलपत्र तयारी तथा पेश गर्न लाग्ने सम्पूर्ण खर्च बोलपत्रदाता स्वयंले व्यहोर्नुपर्नेछ । घ) यस सूचनामा उल्लेख गरिएका शर्तहरूका अतिरिक्त अन्य आवश्यक प्रक्रियाहरू यस संस्थाको खरिद नियमावली तथा नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ ।
सम्पर्क विवरण
अभियान नेपाल, रौतहट गौर नगरपालिका-०५, ओम शान्ति भवन पछाडि, रौतहट
सम्पर्क नं.: ०५५ ५२१५७६
ईमेल: documents.abhiyanepal@gmail.com
गुनासो तथा सुझाबको लागि सम्पर्क नम्बर: ९८०१५७२४०० वा १८१०५००००७५ Email: complaints@irworldwide.org अथवा feedback@campaignnepal.org