भावी नेतृत्व र कार्यकारी सशक्तिकरणसम्बन्धी तालिममा सहभागिताका लागि सूचना
समावेशी शासन र मानव अधिकारका लागि नागरिक समाज सुदृढीकरण परियोजना, नेपाल अन्तर्गत महिलाहरू तथा सीमान्तकृत समुदायका युवाहरूको नेतृत्व, लोकतान्त्रिक सहभागिता, वकालत क्षमता तथा सुशासनसम्बन्धी दक्षता बढाउने उद्देश्यले “भावी नेतृत्व र कार्यकारी सशक्तिकरण सम्बन्धी तालिम” सञ्चालन गरिने भएको छ। इच्छुक तथा योग्य व्यक्तिहरूबाट निम्न ठेगानामा सम्पर्क गर्न वा सिधै आवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ।
यस कार्यक्रममार्फत सहभागीहरूलाई नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति, विद्युतीय वकालत, स्थानीय शासन प्रक्रियामा सहभागिता, मानवअधिकार, लैङ्गिक समानता, जलवायु न्याय, वातावरण संरक्षण तथा सामाजिक न्यायसम्बन्धी विषयमा क्षमता अभिवृद्धि गरिनेछ।
कार्यक्रमको उद्देश्य
महिला तथा सीमान्तकृत समुदायका युवाहरूलाई लोकतान्त्रिक अभ्यास, नेतृत्व विकास, वकालत तथा स्थानीय तहको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताका लागि सक्षम बनाउने।
सहभागी छनोटका प्रमुख आधारहरू:
- उमेर १८ देखि ३८ वर्षभित्रका महिला तथा युवा।
- दलित, जनजाति, आदिवासी, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, LGBTQI+, एकल महिला, गरिब तथा सीमान्तकृत समुदायका व्यक्ति।
- नेतृत्व विकास, सुशासन, लोकतान्त्रिक सहभागिता, मानवअधिकार, लैङ्गिक समानता, लिङ्गमा आधारित हिंसा, जलवायु न्याय, वातावरण संरक्षण आदि क्षेत्रमा रुचि भएका।
- समुदाय, युवा समूह, सामाजिक सञ्जाल वा स्थानीय पहलहरूमा सक्रिय रहेका।
- सार्वजनिक अभिव्यक्ति, नेतृत्व, विद्युतीय वकालत तथा निर्णय प्रक्रियासम्बन्धी सीप विकास गर्न इच्छुक।
- यसअघि समान खालका नेतृत्व वा क्षमता विकास तालिममा सीमित वा कुनै अवसर नपाएका व्यक्तिहरू।
- स्थानीय शासन प्रक्रियामा सहभागिता जनाई समुदायको पक्षमा वकालत गर्न प्रतिबद्ध।
- विभेद, बहिष्करण, गरिबी, वैदेशिक रोजगारीको प्रभाव, द्वन्द्व वा अपाङ्गतासँग सम्बन्धित चुनौती भोगिरहेका समुदायका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइनेछ।
सहभागीबाट अपेक्षित प्रतिबद्धता:
- यस कार्यक्रमअन्तर्गत सञ्चालन हुने ३ दिने आधारभूत तालिम तथा १ दिने पुनर्ताजगी कार्यक्रममा पूर्ण रूपमा सहभागी हुने।
- आफ्नो समुदाय तथा समूहमा नेतृत्व तथा वकालत पहल सञ्चालन गर्ने।
- तालिमपछि सहकर्मी सिकाइ (Peer Learning) तथा मार्गदर्शन (Mentorship) कार्यक्रममा सक्रिय रहने।
- सिकेका ज्ञान तथा सीप समुदाय वा समूहमा साझा गर्ने रुचि भएको।
आवेदन तथा सम्पर्क:
इच्छुक व्यक्तिहरूले आफ्नो नाम, उमेर, ठेगाना, सम्पर्क विवरण, समुदाय/पहिचान, हालको संलग्नता तथा कार्यक्रममा सहभागी हुन चाहनुको कारण उल्लेख गरी तलको ठेगानामा निवेदन पेश गर्नुहुन वा सिधै सम्पर्क गर्नुहुन अनुरोध छ।
ठेगाना:
अनुसन्धान र विकासका निम्ति अभियान नेपाल
गौर-०५, रौतहट
फोन नं.: ९७७-५५-५२१५७६
इमेल ठेगाना: Admin@campaignnepal.org
अथवा
सम्बन्धित परियोजना क्षेत्रभित्र
हरिवन, सर्लाहीः दुर्गा थापा | ९८४४५१३८३४ | Thapad@campaignnepal.org
धनकौल, सर्लाहीः सुरेश कुमार ठाकुर | ९८६५१४८८६५ | Thakurs@campaignnepal.org
दुर्गा भगवती, रौतहटः सुरेश कुमार ठाकुर | ९८६५१४८८६५ | Thakurs@campaignnepal.org
मनरा सिस्वा, महोत्तरीः शिवानी कुमारी सिंह | ९८६३४३१०६६ | Singhsk@campaignnepal.org
एकडारा, महोत्तरीः दिपक पासवान | ९८०७६०९६९६ | Paswand@campaignnepal.org
लक्ष्मिनिया, धनुषाः अमित कुमार यादव | ९८४४५१०५७६ | Yadavak@campaignnepal.org
क्षिरेश्वरनाथ, धनुषाः शुसिला राउत | ९७४१७७०७९४ | Rauts@campaignnepal.org