Email: contact@campaignnepal.org |  Call: (+977) 55 521576 | Address: Gaur, Rautahat, Madhesh Province, Nepal
Tender Notice, EOI, Bids

दरभाउ पत्र आह्वान गरिएको सूचना

सूचना # CN-RT-02/2025
(प्रथम पटक प्रकाशित मिति २०८२।०१।३१)

अनुसन्धान र विकासका निम्ति अभियान नेपाल वि.सं. २०६५ सालमा रौतहट जिल्लामा दर्ता भई मधेश प्रदेशमा कार्यरत एक गैर सरकारी संस्था हो । यस संस्थाले IHRR/CARE Nepal को साझेदारीमा रौतहट जिल्लामा Women’s Voice and Leadership in Anticipatory Action [Sajag Samaj] Project सञ्चालन गरिरहेको छ । उल्लेखित परियोजना अन्तर्गत तपसिलमा उल्लेखित सेवा तथा सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले नियमानुसार सम्बन्धित निकायमा दर्ता भएका सामग्री तथा सेवा आपूर्ति गर्न इच्छुक उत्पादक, आधिकारिक विक्रेता, आपूर्तिकर्ता तथा वितरकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र दरभाउ पत्र पेश गर्न हुनका लागि यो सूचना आह्वान गरिएको छ ।

SNBid #Types of Goods and ServicesRemark
01RT02-Bid-001/2025Stationery and Office Supplies MaterialsDetails as per Terms of Reference (ToR)
02RT02-Bid-002-6/2025Hotel Service (Lunch & Refreshment)Details as per Terms of Reference (ToR)
03RT02-Bid-007/2025Electronic Equipment (Projector)Details as per Terms of Reference (ToR)

शर्तहरु:
१. दरभाउ पत्र फारम संस्थाको कार्यलयमा उपस्थित भई प्राप्त गर्न सकिने छ वा माथि लिङ्कबाट BID कागजातहरू डाउनलोड गर्न गर्न सकिने छ र तोकिएको समय भित्र संस्थाको कार्यालयमा उपस्थित भई वा तपशिलको इमेल ठेगानामा पठाउन सकिने छ ।
२. उल्लेखित सामग्री मध्ये पूर्ण वा आंशिक रुपमा सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, आधिकारिक विक्रेता तथा बितरकहरुले दरभाउ पत्र फारमका साथ उद्योग/फर्म दर्ताको प्रमाण-पत्र, पान वा भ्याटमा दर्ता भएको प्रमाण-पत्र, र कर चुक्ता प्रमाण-पत्र पेश गर्नु पर्नेछ ।
३. दरभाउ पत्र खाममा राखी बाहिर दरभाउ पत्र दाताको नाम र ठेगाना लेख्नु पर्नेछ । अन्यथा भएमा संस्था दरभाउ पत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन ।
४. दरभाउ पत्र फारममा उल्लेखित प्रत्येक सामग्रीको दररेट स्पष्ट लेखिएको हुनु पर्नेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
५. छनौट भएका उत्पादक, आपूर्तिकर्ता, आधिकारिक विक्रेता तथा बितरकहरुले नै खरिद गरिने सामाग्री संस्थाको कार्यालय सम्म ढुवानी गरिदिनु पर्नेछ ।
६. दरभाउ पत्र फारम दर्ता गर्ने अन्तिम दिनको बेलुका ०४:०० बजे संस्थाका प्रतिनिधिहरु र दरभाउ पत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा दरभाउ पत्र खोलिनेछ । तोकिएको दिनमा दरभाउ पत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि दरभाउ पत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन दरभाउ पत्र खोलिने छ ।
७. म्याद नाघी वा रीत नपूगी आएका दरभाउ पत्र उपर कुनै कारबाही हुने छैन ।
८. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
९. फारम बुझाउने अन्तिम मिति २०८२।०२।१४ गते दिउसो ०३:०० बजेसम्म हुनेछ ।
१०. अन्य सम्पुर्ण कुराहरु प्रचलित कानून तथा संस्थाको नियमानुसार हुनेछ ।

सर्वाधिकार: अनुसन्धान र विकासका निम्ति अभियान नेपाल, रौतहटमा निहित रहनेछ ।

दरभाउ पत्र फाराम प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः
अनुसन्धान र विकासका निम्ति अभियान नेपाल
गौर नगरपालिका वडा नं. ५, ओम शान्ति भवन नजिक, रौतहट
टेलीफोन नं.: ०५५-५२१५७६
इमेलबाट दरभाउ पत्र पेश गर्नका लागिः documents.abhiyanepal@gmail.com

Leave A Comment

Your Comment
All comments are held for moderation.