बोलपत्र आह्वान गरिएको सूचना
सूचना # CN-RT-04/2024
(प्रथम पटक प्रकाशित मिति २०८१-०५-०९)
अनुसन्धान र विकासका निम्ति अभियान नेपाल वि.सं. २०६५ सालमा रौतहट जिल्लामा दर्ता भई मदेश प्रदेशमा कार्यरत एक गैर सरकारी संस्था हो । यस संस्थाले USAID/CARE Nepal को साझेदारीमा रौतहट जिल्लामा Adolescent Reproductive Health परियोजना सञ्चालन गरिरहेको छ । उल्लेखित परियोजना अन्तर्गत तपसिलमा उल्लेखित सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा वितर्कहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र बोलपत्र पेश गर्न हुनका लागि यो सूचना आह्वान गरिएको छ ।
| SN | Bid # | Types of Goods and Services | Remark |
| A. | RT04-Bid-001/2024 | Electronic, Office Equipment and Setup Items | The details are as per the Terms of Reference (Tor). |
| B. | RT04-Bid-002/2024 | School Shoes & Socks for Girls | The details are as per the Terms of Reference (Tor). |
| C. | RT04-Bid-003/2024 | School Dresses for Girls. | The details are as per the Terms of Reference (Tor). |
| D. | RT04-Bid-004/2024 | Bags (with visibility Print) | The details are as per the Terms of Reference (Tor). |
शर्तहरु:
१. बोलपत्र फाराम संस्थाको कार्यलयमा उपस्थित भई प्राप्त गर्न सकिने छ वा तलको BID कागजातहरू डाउनलोड गर्न गर्न सकिने छ र तोकिएको समय भित्र संस्थाको कार्यालयमा उपस्थित भई वा तपशिलको इमेल ठेगानामा पठाउन सकिने छ ।
२. उल्लेखित सामग्री मध्ये पूर्ण वा आंशिक रुपमा सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता तथा बितरकहरुले बोलपत्र फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण-पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएको प्रमाण-पत्र, कर चुक्ता प्रमाण-पत्र, बोलपत्र दाताको नेपाली नागरिकताको प्रमाण-पत्र पेश गर्नु पर्नेछ ।
३. बोलपत्र लाहाछाप शिलबन्दी गरेर खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नु पर्नेछ र र फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ । अन्यथा भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन ।
४. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
५. छनौट भएका उत्पादक, आपूर्तिकर्ता, अधिकृत विक्रेता तथा बितरकहरुले नै खरिद गरिने सामाग्री संस्थाको कार्यालय गौर नगरपालिका वडा नं. ५, ओम शान्ति भवन नजिक सम्म ढुवानी गरिदीनु पर्नेछ ।
६. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको दिन बेलुका ०३:०० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
७. म्याद नाघी वा रीत नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
८. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
९. फाराम बुझाउने अन्तिम मिति २०८१/०५/२३ गते दिउसो ०३:०० बजेसम्म हुनेछ ।
१०. अन्य सम्पुर्ण कुराहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ ।
सर्वाधिकार अनुसन्धान र विकासका निम्ति अभियान नेपाल रौतहटमा नीहित रहने छ ।
बोलपत्र फाराम प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः
अनुसन्धान र विकासका निम्ति अभियान नेपाल
गौर नगरपालिका वडा नं. ५
ओम शान्ति भवन नजिक, रौतहट
टेलीफोन नं.: ०५५-५२१५७६
इमेलबाट बोलपत्र पेश गर्नका लागिः documents.abhiyanepal@gmail.com