विक्रेता तथा सेवा प्रदायक सूचीकरण सम्बन्धमा
प्रथम पटक सुचना प्रकाशन मितिः २०८१।०३।२५
सुचना नम्बरः RT०१-२०८१।०८२
यस संस्थालाइ चालु आ.ब.२०८१/०८२ का लागी आवश्यक पर्ने तपशिलका वस्तु तथा सेवाहरु उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त ब्यक्ति, फर्म, कम्पनी, संस्था, आपुर्तीकर्ता, निर्माण ब्यावसायी/परामर्शदाता/सेवा प्रदायकहरुबाट संस्थाको खरिद नियमावलीको अन्तिम संशोधन २०८० को भाग ०७ को नियम २३ वमोजिम वस्तु तथा सेवा प्रदायकहरुको सूचीकरण (Enlistment of Vendor) गर्नुपर्ने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकासित भएको मितिले १५ दिन भित्र आफुले उपलब्ध गराउने वस्तु तथा सेवाहरु अनुसार फरक फरक सूची तयार गरी यस कार्यलयमा रित पुर्वक निवेदन पेश गर्न हुन जानकारी गराईन्छ । मौजुदा सूचिको मान्य अबधि आ व २०८१/०८२ का लागी मात्र हुनेछ भने उक्त सूचिमा समाबेश गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यलयमा सुरक्षित रहने छ ।
तपशिल
क) वस्तु/सामग्री तर्फ:
- स्टेशनरी, मसलन्द, कार्यालय संचालन सामग्रीहरु
- हार्डवेयर तथा स्यानिटेशनका समाग्री
- पत्रपत्रिका तथा पुस्तक
- खानेपानी जार उपलब्ध गराउने सम्बन्धि कार्यहरु
- टिसर्ट, टोपी, ज्याकेट र ब्याग उपलब्ध गराउने कार्य
- फर्नीचर तथा फर्निसिङ्ग सामानहरु ।
- उपहारका सामानहरु
- सवारी साधन (मोटर साईकल साईकल) आपूर्ति
- कम्प्युटर, ल्यापटप, सिसि टिभी, फोटोकपी, मेसिन, प्रिन्टर, टेलिफोन, मोबाईल, UPS, EPABX प्रणाली, विभिन्न प्रकारका सोलार, ब्याट्री, टिभी, प्रोजेक्टर लगायत अन्य ईलेक्ट्रोनिक्स सामानहरुको आपूर्ती
- औषधी तथा पोषीलो आहार आपूर्ती
- मेडीकल उपकरण तथा सो संग सम्बन्धित समाग्री
- हेल्थ हाईजीन/डिगनीटी किट तथा सरसफाई समाग्री
- खाद्यान्न सामाग्री (दाल, चामल, नुन, तेल, चिनी आदी) आपूर्ती
- त्रिपाल, म्याट्रेस, तन्ना, झुल आपूर्ती
- यूवा तथा वालवालिकाहरुका लागी खेल सामाग्री, खेलौना तथा अन्य शैक्षिक सामाग्रीहरु
ख) मर्मत तर्फ:
- मोटर साइकल/साईकल पाटपुर्जा र मर्मत
- कम्प्युटर, ल्यापटप, सिसि टिभी, फोटोकपी मेसिन, प्रिन्टर, टेलिफोन, मोबाईल, EPABX प्रणाली, विभिन्न प्रकारका सोलार, ब्याट्री, टिभी, प्रोजेक्टर लगायत अन्य ईलेक्ट्रोनिक्स सामानहरुको मर्मत तथा जडान
- विद्युत सम्बन्धी मर्मत
- टेलिफोन तथा ईन्टरनेट नेटवर्किङ्ग सम्बन्धि मर्मत सम्भार
ग) परामर्श तथा अन्य सेवा तर्फ:
- कम्पयुटर सफ्टवेयर तथा मोबाईल अप्लिकेशन निर्माण सेवा
- सूचना प्रविधि सम्बन्धी विभिन्न सेवा
- भिडीयो तथा डकुमेन्ट्री निर्माण सेवा
- डाटा कम्पाईलेसन तथा टाईपिङ
घ) सेवा तर्फ:
- आवासीय होटल तथा रेस्टुरेन्ट सेवा (आवासीय तालिम तथा सेमीनारहरुको लागि)
- खाना तथा खाजा नास्ता आपूर्ती सम्बन्धी सेवा (रौतहट जिल्ला भरिका लागि)
- कुरीयर सेवा
- प्रिन्टिङ्ग तथा फोटोकपी सम्बन्धीका कार्यहरु
- अध्ययन, अनुसन्धान, गोष्ठी, सेमिनार, तालिम तथा परामर्श सेवा संचालन सम्बन्धीका कार्य
- लेखापरिक्षण सेवा
- इन्टरनेट तथा वेव साइटसम्बन्धी सेवा
- आन्तरीक सजावट सम्बन्धी सेवा
- सडक नाटक प्रदर्शन सेवा
- श्रब्य दृश्य सामाग्री प्रशारण सेवा
- सवारी साधन (जीप, कार, ढुवानीका लागि डिआई गाडी र ट्रेक्टर) भाडामा लिने सम्बन्धी सेवा
- हवाइ टिकट
- व्यानर छपाई , ब्रोसर र किताब/गाईडलाईन छपाई सेवा
- एफ.एम. रेडीयो मार्फत सूचना र सन्देश प्रसारण सेवा
- विद्युतिय तथा छापा माध्यमद्वारा विज्ञापन तथा सुचना प्रकाशन सम्बन्धी सेवा
- ब्याानर तथा टिसर्ट छपाई, फर्निचर, होडिङ्ग बोर्ड प्रिन्ट, फलेक्स प्रिन्ट छपाई सम्बन्धि कार्य
- प्रिन्टर तथा फोटोकपी मेशिनका लागी आबश्यक पर्ने टोनर,मसिहरु रिफिलिङ्ग सेवा ।
- विभिन्न प्रकारका जीवन तथा निर्जीवन बिमा सम्बन्धीका कार्यहरु
- कानुनी परामर्श सेवा
- मनोविज्ञान परामर्श सेवाहरु
निबेदन साथ पेश गनु पर्ने कागजातहरु
- विक्रेता/आपूर्तिकर्ता सूचिकरण फारम वा आपूर्तिकर्ता सूचिकरण फारम: व्यक्तिगत परामर्शदाता
- निबेदकले उपलब्ध गराउने सेवा/सामाग्री व्यावसाय दर्ता प्रमाण पत्र
- स्थाई लेखा नम्बर प्यान वा मुल्य अभिवृद्धिकर भ्याट दर्ता प्रमाण पत्र
- कर चुक्ता प्रमाण पत्र २०७९/०८०
- प्रोप्राईटरको नागरिकताको प्रमाण पत्र
- कालो सूचीमा नपरेको स्वा घोषणा
निबेदन पेस गर्ने प्रक्रिया
ईच्छुक वस्तु तथा सेवा प्रदायकहरुले आवश्यक कागजात सहित यस संस्थाको कार्यालयमा वा हुलाक मार्फत वा ईमेल मार्फत आवेदन गर्न सकिनेछ ।
निवेदन पेश गर्ने ठेगाना
अभियान नेपाल
गौर ०५, रौतहट
फोन नम्बरः ०५५ ५२१५७६