Email: contact@campaignnepal.org |  Call: (+977) 55 521576 | Address: Gaur, Rautahat, Madhesh Province, Nepal
Career

सामाजिक परिचालक पदपूर्ति सम्बन्धि सुचना

प्रथम पटक सुचना प्रकाशन मितिः २१ जुलाई २०२४

अनुसन्धान र विकासका निम्ति अभियान नेपाल सन् २००८ मा स्थापना भएको एक गैरराजनीतिक, धर्म निरपेक्ष र गैर नाफामुखी संस्था हो, जसको मुख्य कार्यालय रौतहट जिल्लामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा स्वास्थ्य, खानेपानी तथा सरसफाइ, शिक्षा र जीविकोपार्जन प्रवर्द्धन लगायतको विषयगत क्षेत्रका साथ सामुदायिक विकास र मानवीय सहायता क्षेत्रमा संलग्न रही कार्यक्रमहरु संचालन गरिरहेका छन । यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र संस्थाहरु (बालबालिका, महिला, युवा, विद्यालय र स्वास्थ्य केन्द्रहरू समेत) का लागि विभिन्न दातृ निकायहरुको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरुको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ ।

अभियान नेपालले One Heart Worldwide को सहकार्यमा रौतहट जिल्लाका विभिन्न ०९ वटा स्थानिय तहहरुमा संचालित Strengthening Maternal Neonatal Health Services in Partnership with the Local Government in Rautahat “स्थानिय सरकारको साझेदारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना” अन्तर्गत तपसिलको पदमा आवश्यक पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक स्थानिय नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।

सन्दर्भ सुचना नंः RT-02-2081/082

पदः Community Mobilizer (सामाजिक परिचालक)

पद संख्याः ०१ 

काम गर्नुपर्ने स्थानः बृन्दावन नगरपालिका, रौतहट

योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थाबाट CMA/ANM/HA उतीर्ण वा शिक्षा विषयमा १०+२ पास भई कम्तिमा २ वर्षको कार्य अनुभव भएको स्थानिय महिला ।

यस पदका लागि आवश्यक योग्यता र कार्य अनुभव सम्बन्धि विवरण तलको लिंकमा उपलब्ध छ ।

आवेदन साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरुः

  • तलको लिंकमा उपलब्ध रोजगारी आवेदन फारम
  • न्युनतम दुई जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क ठेगाना सहितको ब्यैक्तिक विवरण
  • शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपी
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • विषयगत क्षेत्रको अनुभवका प्रमाण पत्रहरुको प्रतिलिपी

आवेदन गर्ने प्रकृयाः

माथि उल्लेखित कागजात सहित संस्थाको कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा हुलाक वा विद्युतिय माध्यम मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले कुनै पनि आवेदन पूर्ण वा आशिंक रुपमा विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा …………..पदको लागि आवेदन भनेर खुलाउनुहोला ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्थाको यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय  आवेदकहरु लाई प्राथमिकता दिईनेछ ।

दरखास्त दिने अन्तिम मितिः 

इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको Biodata सहित २८ जुलाई २०२४ बेलुका ०५ बजे सम्म) आवेदन पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५ बजे सम्म आवेदन दिन सकिनेछ । यस सम्बन्धि थप केही बुझ्नु परेमा संस्थाको इमेल वा फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।

आवेदन दिने ठेगानाः

मानव संसाधन शाखा

अभियान नेपाल

गौर ०५ रौतहट

फोन नः ०५५ ५२१५७६

वा

ईमेल ठेगानाः vacancy.abhiyan@gmail.com

कार्यशक्तिको विविधताको कदर गर्दै, अभियान नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई उपरोक्त पदहरुका लागि आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।

Leave A Comment

Your Comment
All comments are held for moderation.