बोलपत्र आह्वान गरिएको सूचना
सूचना # CN-RT-08/2024
(प्रथम पटक प्रकाशित मिति २०८१-०८-१०)
अनुसन्धान र विकासका निम्ति अभियान नेपाल वि.सं. २०६५ सालमा रौतहट जिल्लामा दर्ता भई मधेश प्रदेशमा कार्यरत एक गैर सरकारी संस्था हो । यस संस्थाले USAID/CARE Nepal को साझेदारीमा रौतहट जिल्लामा Adolescent Reproductive Health परियोजना सञ्चालन गरिरहेको छ । उल्लेखित परियोजना अन्तर्गत तपसिलमा उल्लेखित सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा वितरकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र बोलपत्र पेश गर्न हुनका लागि यो सूचना आह्वान गरिएको छ ।
| SN | Bid # | Types of Goods and Services | Remark |
| A. | RT08-Bid-001/2024 | A4 size per page single side | The details are as per the Terms of Reference (Tor). |
| B. | RT08-Bid-002/2024 | A4 size per page on both sides | The details are as per the Terms of Reference (Tor). |
| C. | RT08-Bid-003/2024 | A4 size per page (Color) | The details are as per the Terms of Reference (Tor). |
| D. | RT08-Bid-004/2024 | Binding Cost | The details are as per the Terms of Reference (Tor). |
शर्तहरु:
१. बोलपत्र फाराम संस्थाको कार्यलयमा उपस्थित भई प्राप्त गर्न सकिने छ वा तलको BID कागजातहरू डाउनलोड गर्न गर्न सकिने छ र तोकिएको समय भित्र संस्थाको कार्यालयमा उपस्थित भई वा तपशिलको इमेल ठेगानामा पठाउन सकिने छ ।
२. उल्लेखित सामग्री मध्ये पूर्ण वा आंशिक रुपमा सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता तथा बितरकहरुले बोलपत्र फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण-पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएको प्रमाण-पत्र, कर चुक्ता प्रमाण-पत्र, प्रमाण-पत्र पेश गर्नु पर्नेछ ।
३. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
४. छनौट भएका उत्पादक, आपूर्तिकर्ता, अधिकृत विक्रेता तथा बितरकहरुले नै खरिद गरिने सामाग्री संस्थाको कार्यालय गौर नगरपालिका वडा नं. ५, ओम शान्ति भवन नजिक सम्म ढुवानी गरिदीनु पर्नेछ ।
५. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको दिन बेलुका ०३:०० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
६. म्याद नाघी वा रीत नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
७. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
८. फाराम बुझाउने अन्तिम मिति २०८१-०८-१६ गते दिउसो ०३:०० बजेसम्म हुनेछ ।
९. अन्य सम्पुर्ण कुराहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ ।
सर्वाधिकार अनुसन्धान र विकासका निम्ति अभियान नेपाल रौतहटमा नीहित रहने छ ।
बोलपत्र फाराम प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः
अनुसन्धान र विकासका निम्ति अभियान नेपाल, गौर नगरपालिका वडा नं. ५
ओम शान्ति भवन नजिक, रौतहट
टेलीफोन नं.: ०५५-५२१५७६
इमेलबाट बोलपत्र पेश गर्नका लागिः documents.abhiyanepal@gmail.com